१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते



अ+ अ-

काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६, पत्थरखोलास्थित पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको माइक्रोबस (ईभी हाइस) अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए।

दुर्घटनामा कावासोती नगरपालिका–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका–३ का ५५ वर्षीय बिधासागर लोना चमार घाइते भएका छन्।

घाइते चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। अन्य घाइतेहरूको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।