२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित



अ+ अ-

काठमाडाैँ । स्याङ्जा  जिल्लाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो ।

प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

विशेषगरी व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

अब आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । एक बोरा आलु ती भण्डार केन्द्रमा पुर्याउँदा किसानले रु ५०० सम्म खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि अन्त्य भएको छ ।