२५ श्रावण २०८३, सोमबार
,
Latest
दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको घटनाक्रमसम्म छलफल



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको छ।

बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा बैठकमा छलफल गर्नुपर्ने प्रस्तावबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न आठवटा प्रस्ताव प्रस्तुत गरेका छन्।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै, महाधिवेशनका लागि प्रचार–प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा छन्।

बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल हुने भएको छ। सरकारले पूरा गरेको १०० दिन र त्यसपछिका गतिविधिका साथै प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् तथा संसद् बाहिर नेपाली कांग्रेसले निर्वाह गर्ने भूमिकाबारे पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।

यसैगरी, प्रदेश सरकारसँग सम्बन्धित विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि श्रावण २५ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।