९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने

बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने
अ अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न सरकारले वैकल्पिक मार्गबाट ग्यास आपूर्ति सुरु गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आजदेखि हेटौँडाबाट दैनिक १०० ट्रक भरिएको एलपी ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरिएको छ।

भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्ग करिब दुई दिनसम्म लेदोका कारण अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकामा प्रवेश गर्न सकेका छैनन् । त्यसका कारण केही दिनयता उपभोक्ताले ग्यास अभावको समस्या भोग्दै आएका छन् ।

मन्त्रालयले उपभोक्ताले दैनिक जीवनमा भोग्नुपरेको असहज अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आपूर्ति अवस्था सहज बनाउन नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायसँग निरन्तर संवाद, समन्वय तथा सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिने मन्त्रालयको भनाइ छ ।

नेपाल आयल निगम तथा एलपी ग्यास व्यवसायीसँगको सहकार्यमा काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुँदै जाने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

मन्त्रालयले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । साथै, नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्तिमा कमी हुन नदिन आवश्यक सबै पहल गरिरहेको जनाएको छ ।