९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह

सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले निर्धारण गरेको ढुवानी भाडामात्र लिएर सेवा सञ्चालन गर्न आफ्ना सदस्य व्यवसायी तथा सवारीधनीलाई आग्रह गरेको छ।

महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंले जारी गरेको सूचनामा विपद्को विषम परिस्थितिको फाइदा नउठाउन व्यवसायीलाई आग्रह गरिएको छ।

सूचनामा काठमाडौँबाट धनगढीसम्मको ढुवानी भाडा अत्यधिक लिएको भन्ने गुनासो सरकारको ‘हेलो सरकार’ गुनासो पोर्टलमा प्राप्त भएको जनाएको छ। सो गुनासोबारे आवश्यक विवरण पठाउन महासंघलाई पत्र प्राप्त भएको समेत उल्लेख गरिएको छ।

‘नेपाल सरकारले निर्धारण गरेको ढुवानी भाडामात्र लिएर आफ्ना सवारी साधन सञ्चालन गर्न’ महासंघका सबै सदस्य संस्थालाई सूचित गरिएको छ। साथै सरकारले तोकेको भन्दा बढी भाडा नलिई सेवाप्रवाह गर्न तथा गराउन सवारीधनी र व्यवसायीलाई महासंघले अनुरोध गरेको छ।

महासंघले विपद्का बेला अत्यावश्यक वस्तुको ढुवानीमा अतिरिक्त शुल्क असुल नगरी जिम्मेवार ढंगले सेवा दिन व्यवसायीलाई आग्रह गरेको हो।