७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिनु ठीक– माधव नेपाल



अ+ अ-

धनगढी । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन ठीक हुने बताउनुभएको छ ।

धनगढीमा पत्रकारहरुको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताउनुभयो ।

मुलुक आर्थिक संकटले गुज्रिरहेको भन्दै उहाँले सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उल्लेख गर्नुभयो । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उहाँको भनाइ थियो ।