२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ पर्नुभएको छ । सो प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

सचिव पाण्डेलाई अहिले टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उहाँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उहाँ गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो। गृह सचिव भएकै अवस्थामा उहाँ नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिनुभएको थियो ।