३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनावारी सुकेको ५ वर्षपछि नर्भिक आइभिएफमा ५२ वर्षे महिलाले जन्माइन् जुम्ल्याहा



अ+ अ-

काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ ।