२५ श्रावण २०८३, सोमबार
,
Latest
पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउँदै काठमाडौँ महानगरपालिका



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउने भएको छ ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए ।

मेयर शाहका अनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।

यस्तै, नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गरेको बताउँदै मेयर शाहले नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने समेत चेतावनी दिएका छन् ।