३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.92

Wind: 2.06

Humidity: 41

Latest
रास्वपाका नेत्री राई एमालेमा प्रवेश देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:… चीनको चमत्कारः विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल बालाजु बाइसधारा मेला भर्नेको भिड–फोटोफिचर संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउँदै काठमाडौँ महानगरपालिका



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउने भएको छ ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए ।

मेयर शाहका अनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।

यस्तै, नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गरेको बताउँदै मेयर शाहले नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने समेत चेतावनी दिएका छन् ।