• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित

वरिष्ठ साहित्यकार बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार



काठमाडौँ । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो ।

सो पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताउनुभयो । “राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो”, उहाँले भन्नुभयो । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उहाँको भनाइ थियो ।

मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताउनुभयो । “देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौँ भने धेरै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहनुभएको र उहाँले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो । उहाँले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताउनुभयो । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै उहाँले लेखकले जनमत निर्माण गर्नुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व काइँलाले दिवसका अवसर पारेर लेखकलाई पुरस्कृत गर्न सुरु गरिनु सराहनीय काम रहेको बताउनुभयो । लेखक सदाको प्रतिपक्ष हुनुपर्नेमा जोड दिँदै उहाँले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री खड्काले सङ्घले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गर्नुभएको थियो ।रासस