• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा एक जना महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

गए राति मलङ्गवा नगरपालिका–१, भेडियाहीमा मोटरसाइकलको ठक्करबाट ठक्करबाट सोही स्थानकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनालगत्तै उपचारको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएकामा उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्लाको रामनगर गाउँपालिका–५, बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । मलङ्गवाबाट बलरातर्फ जाँदै गरेको ज१झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय दर्ता नम्बरको बिआर ३० एफ ५४६१ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन् ।रासस