६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: रनको वर्षा गराउदै लखनऊले पन्जाबलाई हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) २०२३ को ३८ औं खेलमा लखनऊ सुपर जायन्ट्सले रनको वर्षा गराउँदै पन्जाब किंग्सलाई ५६ रनले हराएको छ । यो जितसँगै लखनऊले अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि लखनऊले दिएको २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा २ सय १ रनमा अल आउट भयो । पन्जाबका अथर्व टैडेले ३६ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६६ रन बनाए । विशाल लक्ष्य पछ्याएको पन्जाबका ओपनर प्रभसिमरन सिंह ९, शिखर धवन १, लियाम लिभिङस्टोन २३ र साम करन २१ रनमा आउट भए । यस्तै, सिकन्दर राजा २२ बलमा ३६ रन बनाएर आउट हुँदा जितेश शर्मा १० बलमा ३ छक्कासहित २४ रनमा आउट भए ।

लखनऊका यश ठाकुरले ३.५ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिदा रवि विश्रोईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यस्तै, मार्कस स्टाइनिसले एक विकेट लिए ।

त्यसअघि पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो । आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले बनाएको थियो । बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । आइपिएलमा हालसम्म अन्य कुनैपनि टोलीले २ सय ५० रनको योगफल कटाएका थिएनन् ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ बनाए । यस्तै, ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन जोड्दा कप्तान केएल राहुल ९ बलमा १ चौका र १ छक्कासहित १२ रनमै आउट भए ।

युवा ब्याटर आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । तेसो विकेटका लागि स्टोइनिस र बदोनीले ८९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

निकोलस पुरन १९ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट दुँदा दीपक हुडा ११ र क्रुनाल पान्ड्याले ५ रन बनाए ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिदा अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

लखनऊ ८ खेलमा ५ जित र ३ हारसहित १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ५ मा जितसहित १० अंकका साथ शीर्षस्थानमा छ रहँदा समान १० अंक भएका गुजरात र चेन्नई नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । पन्जाब भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।




भर्खरै