२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते



अ+ अ-

काठमाडौँ। टर्कीको राजधानी अंकारास्थित नल्लिहान जिल्लामा शुक्रवार एउटा कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय समाचार एजेन्सी डीएचएका अनुसार उक्त दुर्घटना शुक्रवार अपराह्न करिव ५ बजे भएको हो । नल्लिहानमा रहेको ‘चायिर्हान कोल इन्टरप्राइजेज’ द्वारा सञ्चालित खानीको एक भाग अचानक भत्किँदा उक्त हताहती भएको हो ।

खानी भत्किएपछि शुरुमा ९ जना श्रमिकहरू भित्रै थुनिएका थिए । उद्धार टोलीले तीमध्ये ८ जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेको थियो भने एक जना श्रमिकको शव फेला पारेको थियो ।

घाइते श्रमिकहरूलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत बेपाजारी स्टेट अस्पताल लगिएको छ । सुरुमा घाइतेहरूको संख्या केही कम बताइए पनि पछि डीएचएले घाइते हुनेहरूको कुल संख्या १२ पुगेको पुष्टि गरेको छ ।

यस दुःखद् घटनाका सम्बन्धमा स्थानीय अधिकारीहरूले आवश्यक अनुसन्धान शुरु गरिसकेका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल