२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सेमिफाइनल खेल टियुमा हुने, मुलपानीले पनि ओडिआई मान्यता पाउने



अ+ अ-

काठमाडौं । शनिबार एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवतेसँग भिड्दैछ । नेपाल र कुवतको खेल शनिबार बिहान ९ बजेबाट किर्तिपूरस्थित टियु क्रिकेट मैदानमा हुने भएको छ ।

भोलि सेमिफाइनलका दुईवटा खेलहरु हुने भएकोले नेपालको खेल कहाँ हुने भन्नेबारे चासोको बिषय रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले प्रतियोगिता अघि नै नेपालको खेल टियुमा गर्ने निर्णय भएको जानकारी दिए ।

कुवेतले शुक्रबार समूह ‘बी’ को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपालले समूह चरणमा एकमात्रै खेल मुलपानीमा खेल्ने अवसर पाएको थियो । तर वर्षाको कारण उक्त खेल हुन नसक्दा साउदी अरेवियासँग अंक बाँडेको थियो । नेपाली समर्थकको चाप र सुरक्षाको कारण नेपालको खेलहरु टियुमा गर्दै आएको थियो ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘ए’ को उपविजेता ओमानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ ।

यो सँगै मुलपानी मैदानले पनि ओडिआई मान्यता पाउने भएको छ । युएई र ओमान दुबै ओडिआई मान्यता प्राप्त देश भएकोले मुलपानीले पनि ओडिआई मान्यता पाउने भएको हो । यसै प्रतियोगिताबाट नेपालले मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो ।  टियु मैदानले २०२० मा ओडिआई मान्यता पाएको थियो ।

पहिलो र दोस्रो सेमिफाइनलका बिजेताले उपाधिको लागि सोमबार भिड्नेछन् । भने, आईतबार पराजित टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् ।

यस प्रतियोगिताका विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै, शीर्ष तीनमा रहेका टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।