६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाईनलको लागि नेपालसँग प्रतिष्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले पराजित गरदै कुवेत सेमिफाइनलमा पुगेको छ । समूह बी बाट रहेको कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जितको लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा अल आउट हुन पुग्यो । हङकङका कप्तान निजाकत खानले सर्वाधिक ६० रन बनाए । एक समय ५६–३ को अवस्थामा पुगेको हङकङलाई निजाकत खान र अजिज खानले ९१ रनको साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए । अजिज खान ५५ बलमा ४९ रन बनाएर आउट भए । त्यसपछि हङकङले लगातार विकेट गुमाएपछि खेल हातबाट उम्कदै गएको थियो ।

हङकङका ब्याटर यासिन मुर्तजा ४३ बलमा ४३ रन बनाउदा अंशुमन रथ १३, जिशान अली २४ तथा हरुन अर्शद १२ रनमा आउट भए ।

बलिङ तर्फ कुवेतका स्पिनर यासिन पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । शाहरुख क्युदुसले ८ ओभरमा २७ रन खर्चेर ३ विकेट लिदा सैद मोनिब र इद्रिसले समान एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनायो । कुवेतको जितमा शिराज खानले ९५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।

कुवेतलाई ओपनर आद्नान इद्रिसले ४५ रनमा आउट हुदा कप्तान मोहम्मद अस्लाम ३२ रन बनाए । उस्मान पटेलले ५० रन जोडे भने सैयद मोनिब ३१ रनमा आउट भए ।

बलिङ तर्फ हङकङका स्पिनर एहसान खानले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर तीन विकेट लिए । आयुश शुक्ला, हरुन अर्शद, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान एक एक विकेट लिए ।

समूह ‘बी’ को उपविजेता कुवेतले शनिबार सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।




भर्खरै