२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुको कोतःधुकु पेट्रोल पम्प महानगरद्वारा सिल



अ+ अ-

काठमाडौँ । पाँच वर्षदेखि घरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै सिल गरेको हो । सडकपेटीमा उक्त पेट्रोल पम्प सञ्चालन भइरहेको थियो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

निगमलाई पम्पको कानूनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो रु भनी सोधिएको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । सोहीअनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको हो ।