७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार, उपाधि होडमा ठूलो धक्का



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले शीर्षस्थानको आर्सनललाई ४-१ गोलले पराजित गरेको हो ।

उपाधि होडमा रहेका दुबै टिमको खेललाई निकै महत्वपूर्ण रुपमा हेरिएको थियो । सिटीलाई घरेलु मैदानमा जित दिलाउन केभिन डि ब्रुएनाले दुई तथा जोन स्टोन्स र एर्लिङ हालाण्डले एक-एक गोल गरे । आर्सनलका रव होल्डिङले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा नै डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ५४ औं मिनेटमा डि ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा सिटी ३-० ले अघि बढ्यो ।

८६ औं मिनेटमा आर्सनलका होल्डिङले एक गोल फर्काउँदा आर्सनले ३ १ को स्थितीमा पछाडि रह्यो । यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+५ मिनेटमा हालाण्डले एक गोल थप्दा सिटी ४-१ ले विजयी बन्यो । यो हारसँगै आर्सनलको उपाधि होडमा ठूलो धक्का पुग्दा सिटीले भने अंकदुरी घटायो ।

सिटीसँग आर्सनल भन्दा दुई खेल कम खेलेको फाइदा पनि छ । यो नतिजासँगै ३३ खेलबाट ७५ अंकका साथ आर्सनल तालिकाको शीर्षस्थानमा रहँदा सिटी ३१ खेलबाट ७३ अंकका साथ दोस्रो स्थानमा छ ।