२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक ०.०८ अङ्कले उकालो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ ।
    
आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अङ्कले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु तीन अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भए ।
 
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३.२२, व्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र सामूहिक लगानी कोष ०.०४ अङ्कले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ०.३३ र लघुवित्त १३.४ अङ्कले उकालो लागेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो । 

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी रु १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी रु ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको रु ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहे ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रोपावर कम्पनी ४.२८, किसान लघुवित्त वित्तीय संस्था ३.६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३.५५ प्रतिशतले बढे ।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अङ्कले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२को ०.२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०.१९ अङ्कले घटेको छ ।