२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु



अ+ अ-

काबुल । अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।

गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् ।

संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । (रासस–सिन्ह्वा)