२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग रास्वपाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भएको हो । काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ ।

काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो सूचिमा परेको छ । काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाईल्याण्डको चियाङमाई सहर रहेको छ । यसरी काठमाडौं विश्वकै प्रदुषित सहरको सूचिमा पर्ने घटना पहिलो पटक भने होइन । केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ । त्यसैले वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि अल्पकालिन, मध्याकालीन र दीर्घकालीन योजनाहरु के के बनाइएका छन ? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

सांसद डाँगीले काठमाडांै प्रदुषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।