• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल घटना: कार्यदलले काम थाल्यो ★   ‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’ ★   यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग ★   ‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु ★   महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम ★   कालीगण्डकीमा स्नान गर्नेको घुइँचो ★   मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली ★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह

लिड्सको पोस्टमा लिभरपुलले हान्यो आधा दर्जन गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई उसकै मैदानमा ६–१ गोलले हराएको हो ।

लिभरपुललाई फराकिलो जित दिलाउन मोहमद सलाह र डिओगो जोटाले दुई–दुई गोल गरे भने कोडी गाक्पो र डार्विन नुनेजले एक–एक गोल गरे । लिड्सका लुइस सिनिस्टेराले एक गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा गाक्पोको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । ३९ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४७ औं मिनेटमा सिनिस्टेराले गोल गर्दै लिड्सलाई १–२ को स्थितीमा ल्याउँदै खेलमा फर्काउने कोशिस गरे ।

तर, दोस्रो हाफमा लिभरपुलले गोलको वर्षा गर्यो । ५२ औं मिनेटमा डिओगोले गोल गर्दै लिभरपुललाई ३–१ ले अघि बढाए । ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरे ।

७३ औं मिनेटमा डिओगोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । यस्तै, ९० औं मिनेटमा नुनेजले गोल थप्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

यो नतिजासँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल तालिकाको आठौं स्थानमा छ । यस्तै, लिड्स ३१ खेलबाट २९ अंकका साथ १६ औं स्थानमा छ ।