९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्सको पोस्टमा लिभरपुलले हान्यो आधा दर्जन गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई उसकै मैदानमा ६–१ गोलले हराएको हो ।

लिभरपुललाई फराकिलो जित दिलाउन मोहमद सलाह र डिओगो जोटाले दुई–दुई गोल गरे भने कोडी गाक्पो र डार्विन नुनेजले एक–एक गोल गरे । लिड्सका लुइस सिनिस्टेराले एक गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा गाक्पोको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । ३९ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४७ औं मिनेटमा सिनिस्टेराले गोल गर्दै लिड्सलाई १–२ को स्थितीमा ल्याउँदै खेलमा फर्काउने कोशिस गरे ।

तर, दोस्रो हाफमा लिभरपुलले गोलको वर्षा गर्यो । ५२ औं मिनेटमा डिओगोले गोल गर्दै लिभरपुललाई ३–१ ले अघि बढाए । ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरे ।

७३ औं मिनेटमा डिओगोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । यस्तै, ९० औं मिनेटमा नुनेजले गोल थप्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

यो नतिजासँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल तालिकाको आठौं स्थानमा छ । यस्तै, लिड्स ३१ खेलबाट २९ अंकका साथ १६ औं स्थानमा छ ।