२ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज



अ+ अ-

म्याड्रिड। स्पेनको राजधानी म्याड्रिडको पश्चिममा फैलिएको डढेलोमा आगो निभाउने टोलीहरू ‘ज्यान बचाउन’ काम गरिरहेका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार बताउनुभएको छ ।

उहाँले हावाको वेग बढ्ने पूर्वानुमानसँगै अगाडि डढेलोसँग ‘जटिल’ सङ्घर्ष हुने चेतावनी दिनुभयो । सुक्खा ग्रामीण क्षेत्रमा फैलिएको यो आगोले ३५ हजार मानिसलाई आफ्नो घर छाड्न बाध्य पारेको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ । अधिकारीहरूले यसलाई क्षेत्रको इतिहासको सबैभन्दा भीषण डढेलो भनेका छन् ।

राजधानीको पश्चिममा बाक्लो खरानी रङ्गको धुवाँले आकाश छोपेको छ र जलिरहेको गन्ध म्याड्रिडको केन्द्रीय सडकसम्म पुगेको छ । यसले बासिन्दाहरूको घाँटीमा चिलाउने समस्या निम्त्याएको छ र उनीहरूलाई झ्याल बन्द राख्न बाध्य पारेको छ ।

“हाम्रो प्राथमिकता, हाम्रो सोच, नागरिकको ज्यान बचाउनु र बसोबास क्षेत्रहरू सुरक्षित राख्नु हो । हाम्रो लक्ष्य तपाईंहरूको ज्यान हो,” प्रधानमन्त्री सान्चेजले डढेलो क्षेत्रको सेनिसिएन्तोस गाउँमा पत्रकारहरूसँग भन्नुभयो ।

“हामीसँग अगाडि केही जटिल घण्टाहरू छन् किनकि तापक्रम घटेको भए पनि हावाको गति कसरी विकास हुनेछ, कति बलियो हुनेछ भन्ने हामीलाई ठ्याक्कै थाहा छैन।”

ब्रुनेते सहरकी मेयर मार निकोलसले एएफपीसँग भन्नुभयो, “उहाँ यी भयानक डढेलोबाट पीडित बासिन्दाहरूका लागि धेरै चिन्तित हुनुहुन्छ ।”

“हरेक वर्ष आगो लाग्छ, तर यो चाहिँ भयानक भएको छ”, उहाँले भन्नुभयो, “यो विपत्ति हो।”

“यस सप्ताहन्तमा शुक्रबार रातभर तापक्रम घटेपछि यो धेरै गम्भीर आगोसँग लड्न एउटा ‘अवसरको ढोका’ खुलेको छ,” सान्चेजले भने।

तर म्याड्रिडका केन्द्रीय सरकारका प्रतिनिधि फ्रान्सिस्को मार्टिनले यसपहिले नै ‘अनियमित हावाको झोक्का’ आउने पूर्वानुमान रहेको चेतावनी दिनुभएको थियो ।

म्याड्रिड क्षेत्रमा शुक्रबार दुई छुट्टाछुट्टै डढेलो एकआपसमा जोडिएर एउटा ठूलो आगो बनेको थियो, जसले छिमेकी ‘कास्टिला इ लियोन’ क्षेत्रको आविला नजिकको तेस्रो डढेलोसँग मिसिन सक्ने खतरा थियो।

उहाँले भन्नुभयो, “रातभरको ‘डढेलोसँगको लडाइँले यसलाई थोरै मात्र अगाडि बढ्न र तीव्रता घटाउन मद्दत’ गरेको छ ।”

यसले म्याड्रिड क्षेत्रका १० गाउँ खाली गरिएको र तीन गाउँका बासिन्दालाई घरभित्रै बस्न आदेश दिइएको सूची दिएको थियो । (रासस/एएफपी)