२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते



अ+ अ-

दमास्कस। सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएको जनाइएको छ ।

सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका छन् ।”

दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गृह मन्त्रालयले यो दुर्घटना ‘आन्तरिक सुरक्षा बलका केही कर्मचारी बोकेको बस र एक अर्को सार्वजनिक बस’ आपसमा ठोक्किएर भएको बताएको छ, तर घाइते र मृत्यु हुनेमध्ये कति जना सुरक्षा बलका थिए भन्ने खुलासा गरेको छैन।

राष्ट्रिय टेलिभिजनले दुर्घटनाका दृश्यहरू प्रसारण गरेको छ, जसमा आगो लागेको बस र राजमार्गभरि छरिएका भग्नावशेष र मृतकहरूका तस्बिर देखिन्छ ।

यस महिनाको सुरुतिर दक्षिणी सिरियाको दारा प्रान्तको राजमार्गमा साउदी अरबबाट फर्कने तीर्थयात्री बोकेको बस पल्टिएर पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए, जसमध्ये अधिकांश लेबनानी थिए।

प्रान्तीय अधिकारीहरूले त्यो दुर्घटनाको कारण तीव्र गति हुन सक्ने अनुमान गरेका थिए। वर्षौंको गृहयुद्ध र बेवास्तापछि सिरियाको पूर्वाधार जीर्ण भएको छ र धेरै सडकहरू मर्मतको खाँचोमा छन्।

गत वर्ष उत्तर–पूर्वी सिरियामा एउटा बस तेल ट्याङ्करसँग ठोकिएर भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने केही अन्य घाइते भएका थिए। रासस