७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन

सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने

सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने
अ+ अ-

काठमाडौँ। हरेक १२ वर्षमा हुनु पर्ने तर २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन साउन १३ गते दिपंकर तथागत वुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम हुने भएको छ ।

गुरु पूर्णिमाको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नं. २७ महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम हुनेछ ।

कार्यक्रमको भव्यता र व्यवस्थापनका लागि आयोजना गरिएको तयारी बैठकमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएर आफ्नो दायित्वप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।

यस अवसरमा काठमाडौँका विभिन्न स्थानमा रहेका महाविहार, बहाः बहीः मा रहनुभएका ८५ जना शाक्य स्थवीर, थायपा, दिपङ्कर तथागत बुद्धहरु र जीवित देवताहरु श्रीगणेश र श्रीभैरवलाई विराजमान गराएर पञ्चदान प्रदान गर्ने कार्यक्रम रहेको महावुद्ध महाविहारका महास्थविर संघरत्न शाक्यले जानकारी दिनुभयो ।

पञ्चदान तथा दिपङ्कर शोभा यात्रा त्यस दिन विहान ७ बजे दिपङ्कर वुद्धहरुको आसन ग्रहणबाट सुरु हुनेछ । विहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान हुनेछ । अपरान्ह साढे १२ बजे दिपङ्कर बुद्धलाई महाबौद्ध, असन, त्योड, इनबहाल, कमिलाक्षी, भोटाहिटी हुँदै असनको डवली यात्रा गराइनेछ । यसपछि प्रारम्भ हुने पूजा वेलुका ७ बजेसम्म चल्नेछ ।

काठमाडौँका विभिन्न स्थानमा महाविहार छन् । यसमध्ये शान्ति घट चैत्य बज्रधातु महाविहार ठँहिटीमा, रत्न मण्डल महाविहारम नघः वहाःमा, अशोक चैत्य महाविहार असं वहाःमा, महावुद्ध महाविहार महावौद्धमा, धर्मचक्र महाविहार चधं वहाःमा, रत्नाकर महाविहार कोँसा वहामा, कीर्तिपुण्य महाविहार कोहिटी वहाःमा, धर्माकर महाविकार, तोंवहाः यंगालमा, बिक्रमशील महाविहार ओमवहालमा र कीर्तिपुण्य भुवनसुन्दर महाविहार लगनटोलमा छ । यी महाविहारहरु शाक्यहरुका हुन् ।

शाक्य र बज्राचार्यका संयुक्त महाविहार पनि छन् । इतुम्बहालको केशचन्द्र पारावर्त महाविहार, जनबहालको कनकचैत्य महाविहार, बसन्तपुरको श्रीखण्डतरमुल महाविहार, मखंको मखन बहाल, लगं वहाःको कीर्तिपुण्य महाविहार र ओमबहालको ब्रह्मचक्र महाविहार शाक्य र बज्राचार्यका संयुक्त स्थल हुन् ।

महाविहारसँगै महानगरपालिकाभित्र १६ वटा बही छन् । चाःवहि, कोटु चावहि, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुशी वही, मरु वही, मखं वही, गण वही, त्वाः कं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही, नःवही काठमाडौँका बहाल हुन् ।

सम्यक महादान स्वयम्भूमा हुने गर्छ । पछिल्लो समय २०६० साल महादान भएको थियो । त्यसपछि भएको छैन । यो महादान हरेक १२ वर्षमा गर्नुपर्छ भन्ने स्मरण गराउन यस पटकको कार्यक्रम आयोजना गर्न लागिएको हो ।