२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ जिल्लाका विद्यालयहरुमा पुग्यो पाठ्यपुस्तक



अ+ अ-

काठमाडौँ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमवार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ ।

अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताउनु भयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिनुभयो ।

उहाँले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताउनु भयो । उहाँले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताउनु भयो । प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गर्नुभयो । उहाँले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताउनु भयो ।

 

उहाँले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गर्नुभयो । उहाँले दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताउनु भयो । उहाँले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पु¥याउन सफल भएको बताउनु भयो । उहाँले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पु¥याएकाले सहज भएको बताउनुभयो । उहाँले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्याउन सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं । पुस्तक छपाईको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण शुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्रीवितरण सम्पन्न गरिसकेका छौं । कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ । केन्द्रले बिक्रीवितरण गरेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुस्तक पुग्छन् ।

हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेका छन् । दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा पाठ्यपुस्तक पुगिसकेका छन् । ढुवानीमा समय लाग्ने हिमाली र पहाडी जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण शुरु गरेका थियौं । विगतका वर्षहरुमा विद्यालयहरुमा लोमो समयसम्म पुस्तकहरु नपुग्ने समस्या रहेपनि यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुग्न सक्नुको मुख्य कारण भनेको पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले भएको हो ।

फोर कलरको तीन वटा छपाई मेसिन खरिद गर्न सफल भयौं । मेसिनको संख्या २ थियो ३ थप्दा ५ वटा छपाई मेसिन भयो । ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन छपाई क्षमता पनि २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रुपमा मसिन सञ्चालन गरिरहेका छौं । कागज अभावको कारण छपाई मेसिन बन्द भएन । स्थायी र जेलदारीका जनशक्ति थप गरेर छपाई गर्न सफल भयौं । चालुपुँजीको पनि समस्या भएन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक कोषबाट ऋण लिएका छौं । ऋण चुक्ता पनि भइरहेको छ । ७५ करोड राष्ट्रिय वाणिज्य बैंक र १० करोड गरी ८५ करोड ऋणमा ४० करोड चुक्ता समेत गरिसकेका छौं । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि तप सहज भयो ।’

उहाँले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताउनु भयो । उहाँले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताउनु भयो । केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ लाख ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ ।

जसमा सोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनवुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्रीवितरण हुन बाँकी रहेका छ । सामग्री केन्द्रका अनुसार बिक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रिय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउने गरी काम गरिरहेको छ ।