• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

राष्ट्रिय सभा सदस्यको आरोप: राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेन



काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्व बराबर भएपनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताउनु भयो ।

उहाँले सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो र राष्ट्रिय सभा बिना संघीय संसद हुन सक्दैन भन्नेकुरा मान्न नसकेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा भन्दा कुनैपनि हिसावले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरुले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा केही कुरा बाहेक समानन्तर रुपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्वलाई, गरिमा र अधिकारलाई स्थापित गरेका छौँ । तर दु:खको कुरा मिडियाको कुरा त छोड्दिऔँ, बुद्धिजीविहरुको कुरा त छोड्दिऔँ, आम मानिसको कुरा त छोडौँ, सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा हुँदो रहेछ, राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो, राष्ट्रिय सभा बिना संघीय संसद होइन, भन्नेकुरा अहिलेसम्म, अहिलेको सरकार मात्रै होइन, सरकारहरुले त्यो कुरालाई बुझ्नै खोजिरहेका छैनन् ।’

‘प्रतिनिधि सभा भन्दा कुनैपनि हिसावले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर छ भन्नेकुराबाट बुझ्ने काम भइरहेको छ । त्यसकारण राष्ट्रिय सभाका ४ वटै समितिहरुले अत्यन्त मेहनत गरेर सरकारलाई सुझाव दिने गर्दछ, त्यसलाई सरकारले गम्भीरताका साथ लिने गरेको छैन ।’

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।