२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट टेलिकमको लाइसेन्स खारेज



अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण ऐनअनुसार नवीकरण नगरिएकाले स्मार्ट टेलिकम प्रालि स्वत्त: खारेज भएको बताइएको छ ।

स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि खारेजीमा गएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार स्मार्टले नवीकरण दस्तुरका रुपमा रु २० अर्ब १३ करोड २७ लाखभन्दा बढी तिर्नुपर्ने भए पनि हालसम्म ७५ करोडमात्रै तिरेको छ ।

प्राधिकरणले सबै रकमसहित नवीकरण गर्न यही वैशाख ३ गतेसम्मको समय दिएको थियो । तर स्मार्टले सो अवधिभित्र कुनै आवेदन नदिएपछि उसको लाइसेन्स स्वत्त: खारेज भएको हो । दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार प्राधिकरणले कम्पनीको सेवा सञ्चालन र सम्पत्ति लिलामीको जिम्मा व्यवस्थापन समूहलाई दिएको छ ।

स्मार्ट राजनीतिक लबिङबाट नवीकरण शुल्क पछि मिलान गर्नेगरी नवीकरणको बाटोमा लागेको थियो तर अब उसको लाइसेन्स लाइसेन्स खारेज भएको छ ।