४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु, कैयौं घाइते



अ+ अ-

एजेन्सी । अमेरिकाको डेडेभिल सहरमा शनिबार राति भएको गोलीकाण्डमा चार जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् । घटना डान्स स्टुडियोमा घटेको थियो जहाँ एक किशोरको जन्मदिन मनाइँदै थियो ।

गोली चलेको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा तैनाथ भएर महोगनी मास्टरपिस डान्स स्टुडियोलाई घेरा हाली घटनास्थल वरिपरि टेप लगाएर बाहिरीलाई प्रवेशमा रोक लगाएको थियो । अलाबामा राज्य पुलिसले गोलीबारी घटना राती १०ः३० बजे भएको जनाएको छ ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन । तर प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।