• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा ★   काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई ★   बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन, कर्जा रिकभरीमा समस्या छ: गभर्नर अधिकारी ★   ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन: प्रदीप पौडेल ★   कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध

अमेरिकामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु, कैयौं घाइते



एजेन्सी । अमेरिकाको डेडेभिल सहरमा शनिबार राति भएको गोलीकाण्डमा चार जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् । घटना डान्स स्टुडियोमा घटेको थियो जहाँ एक किशोरको जन्मदिन मनाइँदै थियो ।

गोली चलेको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा तैनाथ भएर महोगनी मास्टरपिस डान्स स्टुडियोलाई घेरा हाली घटनास्थल वरिपरि टेप लगाएर बाहिरीलाई प्रवेशमा रोक लगाएको थियो । अलाबामा राज्य पुलिसले गोलीबारी घटना राती १०ः३० बजे भएको जनाएको छ ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन । तर प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।