५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेसासको निर्वाचन अवरुद्ध , मतदाताहरु आक्रोशित



अ+ अ-

वोष्टन: अन्तराष्ट्रिय साहित्य समाज अनेसासको निर्वाचनमा निर्वाचन समितिको लार्वाहीको कारणले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

झण्डै वाह्र घण्टा सम्म स्थगन गरेपछि केन्द्रीय समितिले मध्य रातमा सूचना निकालेर नयाँ निर्वाचनको तालिका सार्वजनिक गरेको थियो । शनिवार र आईतवारलाई तय गरिएको निर्वाचन प्रक्रियालाई निर्वाचन समिति, उमेदवारहरु र केन्दीय समितिका अध्यक्ष समेतको वैठकले नयाँ कार्यतालिनका सार्वजनिक भएपछि उमेदवारहरु नै आक्रोशित भएका छन् ।

नयाँ तालिका अनुसार अव आईतवार विहान १२ वजे देखि मतदान शुरु हुने वताइएको छ ।कूल २८ सय मतदाता भएको र विश्व भरि छरिएर रहेको अनेसासको निर्वाचन समिति र कार्यसमितिको हेलचेक्रयाई र वलमिचाईले संस्थाको अस्तित्व माथि नै संकट आएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । यसै वीच महासचिवका उमेदवार कृष्ण गिरीले निर्वाचन नै वहिष्कार गर्ने धारणा व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन अनेसासका फोहरलाइ सफा र फोहरी खेलाडीहरुलाइ उदाङ्गो गरेर मात्रै पुन: मतदानमा जानुपर्ने हुन्छ । कसले, कहाँबाट र कति प्रोक्सी मतदान भयो भन्ने अनुसन्धान र उचित कारवाही नभै पुनःमतदानमा जानुको कुनै अर्थ रहदैन। अन्यथा हामी जस्ता अनेसासका सच्चा सिपाहीहरुले निर्वाचन बहिष्कार गर्नुपर्ने पनि हुन सक्दछ।

अध्यक्षका उम्मेदवार द्वय, अनेसास केन्द्रीय अध्यक्ष, निर्वाचन आयोग र बोर्ड अफ ट्रस्टीका सभापति बसेर अन्य उम्मेदवारहरुको सहमति बेगर डाटा ब्रिच , इलेक्सन फ्रड र प्रोक्सी मतदानलाइ अनदेखा गरि निर्वाचनको प्रकृया अघि बढाउने भनि गरेको निर्णयले सोझासाझा मतदाताज्यूहरुको अपमान मात्रै होईन वहाँहरुको अमुल्य समय र पवित्र मतको घोर अपहेलना पनि भएको छ।

निर्वाचन आयोगले क्लिन भोटको जगेर्ना र प्रोक्सी मतदान र प्रोक्सी मतदाताहरुलाई उचित कारबाही नगरी अघि बढ्न मुनासिव देखिदैन। अन्यथा अनेसास सँस्था र डायस्पोरामा नेपाली भाषा साहित्यको उन्नयनको अभियानलाई ठुलो क्षति पुग्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। यो अति संवेदनशील समयमा हामी सबैले चनाखोभै वाच डगको भूमिका निर्वाहगर्दै खबरदारी गर्नुपर्ने हुन्छ। यो गम्भीर घडीमा म हाम्रा हजारौ सोझासाझा र सच्चा मतदाताहरु प्रति ओहाहरुको त्याग, तपस्या , समर्पण र धैर्यता प्रति नतमस्तक हुदै हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु।

अहिले सामाजिक सञ्जालमा निर्वाचन समिति र केन्द्रीय समितिको तिव्र आलोचना भएको छ भने कतिपय आजीवन सदस्यहरुले मतदानमा समेत भाग नलिने वताईरहेका छन् ।