१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

प्रधानमन्त्री प्रचण्डलाई पूर्व सचिव भिम उपाध्यायको ७ बुँदे सुझाव

प्रधानमन्त्री प्रचण्डलाई पूर्व सचिव भिम उपाध्यायको ७ बुँदे सुझाव
अ अ+ अ-

काठमाडौं । सामाजिक संञ्जालमा सक्रिय अभियन्ता पूर्व सचिब भिम उपाध्यायले आज प्रधानमन्त्री पुष्पकमल दाहाल संग भेटगरी बिभिन्न सुझाबहरु दिन
भएको छ ।

प्रधानमन्त्री संगको भेट र आफूले दिएको सुझाब सामाजिक संञ्जलमा राख्दै उपाध्यायले सामाजिक र आर्थिक बिषयहरुमा आफूले देखेको समस्या र समाधानका उपाएहरु समेत सुझाउनु भएको छ ।

भेटपछि उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

आज प्रम प्रचण्ड ज्यूसंग बालुवाटारमा १०-१२ मिनेटको संक्षिप्त भेटघाट भयो। निम्न सुझावहरू दिएको छु:

१) नेपालको अर्थतन्त्रमा बिदेशी मुद्राको अहिले ठूलो टेवा भनेको बिदेशमा रहेका श्रमिक नेपालीहरूले पठाएको रेमिटेन्स हो। हुण्डी प्रथालाई निरूत्साहित गर्न बैंकिंग च्यानलबाटै रकम पठाउने र त्यसका लागि केही प्रतिशत रकम सरकारले थपिदिने बंगलादेशको मोडल नेपालमा पनि लागू गर्नुपर्छ। यसो गरिएमा नेपाल बिदेशी मुद्राको अभावमा श्रीलंका र पाकिस्तान जस्तो तड्पिरहनु र अन्तराष्ट्रिय मुद्राकोषको अनावश्यक थोपरिएका सर्तहरूबाट नेपाल गुज्रनु पर्नेछैन।

२) नेपालमा दिगो ग्रामीण रोजगारी ह्वात्तै बढाउन र विदेशमा काम गर्ने युवाहरूले जोगाएको रकम उद्यममा लगानी गर्न उत्प्रेरित गर्न औद्योगिक र औषधीय प्रयोजनका लागि गॉजा खेती र ब्यावसाय गर्न तत्काल गॉजा खेती एवं ब्यवसाय नीति सार्वजनिक गर्नुपर्छ। यसका लागि विद्यमान ऐन बमोजिम नै नियमावली बनाएर सजिलै एक हप्तामा नियमावली जारी गर्न सकिन्छ।

३) नेपालका जेलमा गॉजा कसुरमा रहेका करिब १२ हजार कैदीलाई अन्य कुनै हिंसात्मक अपराध गरेका छैनन् भने अपराधमुक्त वा आम माफी दिएर कैदमुक्त गरी छाडिदिनुपर्छ।

४) गॉजा ब्यावसाय नियमन गर्न बिज्ञसम्मिलित शक्तिशाली केन्द्रीय ब्यावसायीक एजेन्सी गठन गरिहाल्नुपर्छ।

५) बिदेशमा रहेका राजदूताबासहरू बिदेशमा रहेका नेपाली जनतामैत्री देखिएका छैनन्, नेपालीको पिर मर्का नसुन्ने र हाकिमगिरी गरिरहेकाले विदेशमा रहेका नेपालीहरूमा सरकारप्रति नकारात्मक धारणा दृढ हुदै गरेको देखिन्छ। राजदूतहरूलाई यसमा गंभीर भएर नेपाली जनतामैत्री बन्न निर्देशनका साथै निगरानी गर्नुपर्छ।

६) सरकारले गरेका जनमैत्री सकारात्मक कामहरूलाई नियमित बुटेलिनमार्फत जनतामा आफै संप्रेषण गरिरहनुपर्छ।

७) नेपाली युवाहरूमा ब्याप्त बिद्रोही भावना चरम बेरोजगारी र सुशासनको अभावले हो, युवाहरूलाई संवोधन गरेर आगामी बजेटमा असल नीति घोषणा गर्नुपर्छ।