५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट पूर्वसांसद तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले उहाँको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुन:स्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो । बैठकमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।