१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेबारे चित्रबहादुर केसीको टिप्पणी: खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍यो



file photo
अ+ अ-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यो काम स्विकार्य हुनै नसक्ने बताउनु भयो ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताउनु भयो । उहाँले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताउनु भयो ।

अध्यक्ष केसीले भन्नु भयो, ‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भईरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ । एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्विकार्य छ । त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्ड भन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ ।’

‘देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्विकार्य छैन । जुनसुकै आवरणमा प्रकट भएपनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु बाञ्छनिय हुन्छ । पुराना पार्टीहरुले नै गल्ती गरेका थिए । उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे । नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्क परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न ।’

अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भएपनि उनीहरुले पनि पुरानै गल्ती दोहोर्‍याउने काम गरिरहेको दावी गर्नु भयो ।