२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक मुखर्जीले ‘वार २’ का लागि ३२ करोड पाउने



अ+ अ-

एजेन्सी । केही दिन अघि यशराज फिल्म्सले फिल्म ‘वार २’को निर्देशनका लागि अयान मुखर्जीलाई अनुबन्ध गरेको खबर आएको थियो । सिद्धार्थ आनन्दको स्थानमा उनलाई लिइएको हो । रिपोर्टका अनुसार उनलाई यो फिल्मका लागि करिब ३२ करोड रुपैयाँ (भारु) दिइएको छ ।

यसैबीच, निदेर्शक तथा निर्माता करण जोहरले भने वार २ मा अयानलाई लिइएकोमा असन्तुष्टि जनाएको खबर पनि बाहिर आएको छ । यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने, अयानले ब्रह्मास्त्रको सिक्वेल बीचमै छोडेर यशराज फिल्म्ससँग हात मिलाएपछि करण दुखी भएका हुन् ।

अयानले यही महिनाबाट फिल्मको प्रि–प्रोडक्सन काम सुरु गर्ने भएका छन् । फिल्मको छायांकन पनि नोभेम्बर २०२३ मा सुरु हुनेछ ।

ऋतिक रोशन स्टारर फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुनेछ । वारको पहिलो भाग सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए । वार २ को बजेट करिब दुई सय करोड रहेको बताइएको छ । यशराज स्पाई युनिभर्सको यो छैटौं फिल्म हो ।

यसअघि पठान, वार र टाइगर जिन्दा है जस्ता फिल्महरू यस स्पाइ युनिभर्सको हिस्सा भइसकेका छन् । २०१२ मा सलमान खानको फिल्म एक था टाइगर यस फ्रान्चाइजीको पहिलो फिल्म थियो । आगामी दिनमा सलमान र शाहरुखको फिल्म पठान भर्सेस टाइगर पनि यसमा सामेल हुनेछ ।