१८ भाद्र २०८३, बिहीबार
,
Latest
९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्काशित २१७ कर्मचारीलाई रोजगारीमा निरन्तरता दिन टेलिकममा धर्ना



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमबाट निष्काशित २१७ जना प्राविधिक कर्मचारीहरुको रोजगारीमा निरन्तरता हुनुपर्ने भन्दै टेलिकमको केन्द्रीय कार्यालयअगाडि धर्ना दिइएको छ ।

अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमीक संघ, नेपाल टेलिकम मूलइकाई समितिले गत मंसिर २ गते टेलिकमसमक्ष राखिएका माग पूरा गर्न धर्ना दिएको हो ।

श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ मा भएका सेवा, सर्त र सुविधाहरुको उचित कार्यान्वयन गर्न, स्वामित्व परिवर्तन हुँदा पनि मुख्य रोजगारदातासँगको श्रम सम्बन्ध यथावत रहनुपर्ने व्यवस्था कायम गर्न, ४० वर्षे उमेरहद र लैंगिक विभेद गरी श्रम गर्नबाट वञ्चित गराइएका श्रमिक कर्मचारीहरुलाई यथाशीघ्र पुनस्र्थापित गर्न र एक दिन कार्यालयमा अनुपस्थित हुँदा १।५ ९साढे एक दिन० बराबरको पारिश्रमिक कट्टा गर्ने व्यवस्था खारेज गर्न माग गरिएको थियो ।