१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी’का बिके अर्थात विजय बराललाई पुत्रलाभ



अ+ अ-

काठमाडौं । फिल्म ‘कबड्डी’को चर्चित पात्र बिकेका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिलाले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै लेखेका छन, ‘दु:ख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो । घरमा नयाँ सदस्यको आगमन ।’

तीन वर्षअघि लकडाउनको समयमा विजय र प्रमिला विवाह बन्धनमा बाँधिएका थिए । बिकेको पात्रले परिचित बरालले हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा पनि मंगल सिंहका पात्र निभाएका छन् । उनले पशुपतिप्रसाद, कबड्डी कबड्डी कबड्डी, मिस्टर झोलेलगायतका चर्चित चलचित्रहरुमा काम गरेका छन् ।