४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा काठमाडौं



अ+ अ-

काठमाडौं । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा रहेको छ ।

बिहान मात्रै प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको काठमाडौं अहिले पहिलो नम्बरमा पुगेको छ । अहिले काठमाडौंको एक्यूआइ १९४ छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता, चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको लाहोर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर डढेलोको कारण वायु प्रदुषण बढेको बताएको छ । यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।