• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

कांग्रेसप्रति जनताको आशा अझै छ– प्रकाशमान सिंह



फाईल फोटो

झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आश अझै पनि नेपाली कांग्रेसप्रति रहेको बताउनुभएको छ ।

झापामा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनअपेक्षा पूरा गर्न कांग्रेसले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पार्टीभित्र देखापरेको कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

अहिले पनि जनताले कांग्रेसका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गर्ने गरेको भन्दै नेता सिंहले पार्टीलाई भरोसायोग्य बनाउन नेताहरुले आफूलाई समयानुकूल बनाउनुपर्ने धारणा राख्नुभयो ।