१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

गोरखा–जितगढी पदयात्राः सेनाको टोली पाल्पामा

गोरखा–जितगढी पदयात्राः सेनाको टोली पाल्पामा
अ अ+ अ-

गोरखा । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर आइपुगेको हो ।

तत्कालीन नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले सो टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदल बुटवल पुग्ने योजना सेनाको छ ।

एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्गलगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताउनुभयो ।

नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौँतर्फ पदयात्रा विगत पाँच वर्षदेखि सञ्चालन भई पुस २७ गते मनाइन्छ । यसै सन्दर्भमा अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा २०७९ चैत २९ गते गोरखाबाट सुरु भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्राका कार्यक्रमअन्तर्गत टोली पाल्पा रामपुर आइपुगेको हो । सहायक रथी ललिबहादुर कुँवरले गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको बताउनुभयो ।

“राष्ट्रिय एकता, पर्यटन प्रवद्र्धनलगायत सबैमा सैनिक–नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र सेनाले ऐतिहासिक धरोहर गढी, किल्लामा सबै अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको छ”, उहाँले भन्नुभयो । गोरखाबाट काठमाडौँका लागि एकीकृत पदयात्रा गरिरहेको अवस्थामा त्यसैको स्वरुप पश्चिमतर्फ एकीकरण पदयात्रा प्रथमपटक हुन लागेको हो । एकीकरणमा पृथ्वीनारायण शाहको पालामा पाँचवटा पल्टन, जितगढीमा भाग लिएको एउटा गुल्मलगायत आ–आफ्नो जिल्ला–जिल्लामा तैनाथ गणको सहभागिता, जनप्रतिनिधि, सरोकारवालाको सहभागितामा हर्षोल्लासका साथ ऐतिहासिक पदयात्रा मनाइँदैछ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको छ त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

नेपालको राष्ट्रिय झन्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको छ । टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झन्डा हस्तान्तरण, तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रमअनुसार पदयात्रा अगाडि बढेको छ ।

यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् ।

पाल्पामा केलादीघाट हुँदै प्रवेश गर्ने टोलीले बाकुमगढी, माथागढी, तानसेन–तिनाउ हुँदै रुपन्देही प्रवेश गर्ने दि फेमश महिन्द्र दल गण पाल्पाले जनाएको छ । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको विशेष दिन झन्डालाई जितगढी पुर्याएपछि यात्रा सम्पन्न हुनेछ । रासस