• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

पिएसजीको जितमा मेसी र एम्बाप्पेको गोल



एजेन्सी । फ्रेन्च फुटबल लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले आरसी लेन्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीलाई जित दिलाउन किलियन एम्बापे, भिटिन्हा र लियोनल मेसीले एक–एक गोल गरे । लेन्सका फ्रांकोस्कीले एक गोल फर्काए । उनले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, १९ औं मिनेटमा नै सालिस अब्दुल समेदले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३१ औं मिनेटमा एम्बापेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा भिटिन्हा र ४० औं मिनेटमा मेसीले गोल गर्दा पिएसजीले पहिलो हाफमै तिन गोल गरेको हो ।

जितसँगै पिएसजी ३१ खेलबाट ७२ अंकका साथ शीर्षस्थानमा यथावत छ । समान खेलबाट ६३ अंकका साथ लेन्स दोस्रो स्थानमा रहेको छ ।