• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

पर्यटन प्रवद्र्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी



काठमाडौँ । वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ । दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो ।

नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ । प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ । फोटोहरु स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गरिरहेको देख्न सकिन्छ ।