१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले निर्वाचन हार्ने महेश बस्नेतको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गर्नु भएको छ ।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकीर थियो । शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताउनु भयो । नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको बताउनु भयो ।

सो चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उहाँको बुझाई थियो । नेता बस्नेतले भन्नु भयो, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ । त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनु हुन्छ । सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं । त्यस अनुसार युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ । उहाँले सम्भावना निकै बलियो छ । कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउदैनन् ।’

नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।