१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

सरकारको आम्दानीभन्दा खर्च धेरै

सरकारको आम्दानीभन्दा खर्च धेरै
अ अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो ।

यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब पाँच करोठ १६ लाख बराबर खर्च भएको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९ दशमलव ७३ प्रतिशतअर्थात् रु सात खर्ब छ अर्ब ७६ लाख ५९ हजार बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकमा यस वर्ष रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म २८ दशमलव १९ प्रतिशतअर्थात् रु एक खर्ब सात अर्ब २४ करोड ३४ लाख बराबर मात्रै खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६ दशमलव ०५ प्रतिशत अर्थात् रु एक खर्ब १९ अर्ब चार करोड २३ लाख बराबर खर्च भएको छ । यो अवधिमा पुँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

चैत मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

यो अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको ४८ दशमलव ७३ प्रतिशत बराबर छ । कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर आन्तरिक राजस्व उठाउने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म रु छ खर्ब ८३ अर्ब ८० करोड ५९ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो । त्यस्तै यस वर्ष रु ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म आठ दशमलव ६६ प्रतिशतअर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर मात्रै आएको छ । रासस