२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका हलका बक्स अफिसमा देखिएको तथ्याङ्क नै आधिकारिक – भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कुन निर्माताको फिल्मले कति कमाई गर्यो भन्ने कुराको जानकारी सरकारलाई नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष केसीले कुन फिल्मले कती कमायो, कुन वितरक र हलवालाले कति कमाई गरे भन्नेबारे सरकारलाई जानकारी र अर्थ नहुने बताउँदै देशभरका हल बक्स अफिसमा जोडिएको र त्यहाँबाट बक्स अफिसमा देखिएको तथ्याङ्क नै आधिकारिक रहेको प्रस्ट पारेका हुन् ।

अभिनेता तथा निर्माता दिपक राज गिरीले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम गलत भएको दाबी गरेपछि अध्यक्ष केसीले यस्तो प्रतिक्रिया जनाएका हुन् । चलचित्र विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।

‘हामी नेपाली चलचित्र उद्योग समुन्नत र समृद्धि हुनुपर्छ भन्छौं । अहिलेको समयमा यसको लागि पारदर्शीकता हुनु जरुरी छ । कुन निर्माताको मुखमा कुन फिल्मले कती कमायो, कुन वितरक र हलवालाको मुखमा कति कमायो त्यसको सरकारलाई जानकारी र अर्थ हुँदैन ।’ अध्यक्ष केसीले भनेका छन् ।

यस्तै, अध्यक्ष केसीले नेपाल सरकारले लागु गरेको बक्स अफिस लागु नगर्ने हल कानुनको दायरामा आउने समेत बताएका छन् ।