२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका हलका बक्स अफिसमा देखिएको तथ्याङ्क नै आधिकारिक – भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कुन निर्माताको फिल्मले कति कमाई गर्यो भन्ने कुराको जानकारी सरकारलाई नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष केसीले कुन फिल्मले कती कमायो, कुन वितरक र हलवालाले कति कमाई गरे भन्नेबारे सरकारलाई जानकारी र अर्थ नहुने बताउँदै देशभरका हल बक्स अफिसमा जोडिएको र त्यहाँबाट बक्स अफिसमा देखिएको तथ्याङ्क नै आधिकारिक रहेको प्रस्ट पारेका हुन् ।

अभिनेता तथा निर्माता दिपक राज गिरीले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम गलत भएको दाबी गरेपछि अध्यक्ष केसीले यस्तो प्रतिक्रिया जनाएका हुन् । चलचित्र विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।

‘हामी नेपाली चलचित्र उद्योग समुन्नत र समृद्धि हुनुपर्छ भन्छौं । अहिलेको समयमा यसको लागि पारदर्शीकता हुनु जरुरी छ । कुन निर्माताको मुखमा कुन फिल्मले कती कमायो, कुन वितरक र हलवालाको मुखमा कति कमायो त्यसको सरकारलाई जानकारी र अर्थ हुँदैन ।’ अध्यक्ष केसीले भनेका छन् ।

यस्तै, अध्यक्ष केसीले नेपाल सरकारले लागु गरेको बक्स अफिस लागु नगर्ने हल कानुनको दायरामा आउने समेत बताएका छन् ।