२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार



अ+ अ-

काठमाडौँ। पूर्वी इण्डोनेसियाको तोमिनी खाडीमा बेपत्ता भएको एक स्पिडबोटमा सवार ११ जना युरोपेली पर्यटक र एक चालक दलका सदस्यको सकुशल उद्धार गरिएको छ ।

शनिवार अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूलाई गोरोन्तालो प्रान्तको समुद्री क्षेत्रबाट फेला पारिएको हो ।

गोरोन्तालो खोज तथा उद्धार कार्यालयका प्रमुख हेरियान्तोले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार संयुक्त खोज तथा उद्धार टोलीले उनीहरूलाई तोमिनी खाडीबाट उद्धार गरी मध्य सुलावेसीको तोजो उना–उना रिजेन्सी पु¥याएको छ ।

सो दुर्घटनामा स्पिडबोटका क्याप्टेन भने अझै बेपत्ता रहेका छन् ।  उनको खोजीका लागि खोजतलास कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् ।

उक्त स्पिडबोट शुक्रबार बिहान मध्य सुलावेसीको एक डाइभ रिसोर्टबाट गोरोन्तालोस्थित बन्दरगाहका लागि प्रस्थान गरेको थियो। तोकिएको समयमा गन्तव्यमा नपुगेपछि उक्त डुङ्गा बेपत्ता भएको भन्दै खोजी कार्य शुरु गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल