२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गर्नुभएको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका वर्तमान सरकार लागिपरेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो । लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट गर्नुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।” रासस