२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली



अ+ अ-

ढाका। खाना पकाउने ग्यास, विद्युत र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकार विरुद्ध विरोध र्‍याली निकालेका छन् ।

प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकार विरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।

विपक्षी समर्थक ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्‍याली आयोजना गरिने जनाइएको छ ।

विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताउनुभयो ।

“यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुर्याउन केन्द्रित छ”, उहाँले समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो ।

मध्यपूर्वमा जारी युद्धलगायतका कारण बङ्गलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ । सङ्कट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ ।

उच्च विद्युत महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो ।

आलोचकले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन् । विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाउनुभयो ।

“तपाई ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसलाई बोल्नसमेत दिइरहनुभएको छैन”, उहाँले भन्नुभयो । उहाँले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिनुभयो । रासस/एएफपी